सन्दर्भ ४५ औं अधिवेशनः बुटवल जेसीज

269

शासन ब्यक्तिको होईन बिधीको हुनुपर्छ भन्ने जेसिजको नारा केवल नारामा सिमित भएको छ । बेला बेलामा राजनितिक हस्तक्षेपको सिकार बनेको आरोप लागि रहने बुटवल जेसीसमा नागरिकता सच्याएर उमेर घटाउने परम्परा नै बनेको देखिन्छ उमेर घटाएर निर्वाचित भएको पुष्टि भएपछि जेसीआई बाट नेपाल जेसिज नै खारेजीमा पर्नुको प्रमुख दोषी नै बुटवल जेसिज हो भन्ने आरोप छ । अहिले फेरी पनि नागरिकता सच्याएर मतदानमा भाग लिएको र निर्वाचित समेत बनेको आरोप लागि रहदा बुटवल जेसिजलाई नैतिक संकट पर्ने निश्चित छ ।

​​सन् १९१५ स्थापित अन्तर्राष्ट्रिय जेसीज, सन् १९६४ मा स्थापित नेपाल जेसीज र सन् १९७४ मा स्थापित बुटवल जेसीजको एक सक्रिय सदस्य हुन पाउँदा गर्व लाग्छ । तालिमको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकासमा क्रियाशिल यस विश्वविद्यालयबाट दिक्षित व्यक्तिहरूले परिवार, समाज र राष्ट्र परिवर्तनमा खेलेको भूमिका अतुलनिय छ भने अन्तराष्ट्रिय स्तरमै पनि कति व्यक्तिहरू फरक पहिचान बनाउन सफल छन् ।
गैरराजनीतिक संस्थामा केही स्वार्थी र अवसरवादी व्यक्तिहरूको अस्वभाविक क्रियाकलापले जेसीजको मुल्य र मान्यतालाई गलत बाटोमा डो¥याउदा जेसीजको एउटा सच्चा सिपाहीको हृदयमा ठेस लाग्नु स्वभाविक हो भने खवरदारी गर्नु जिम्मेवारी हो ।
​​बुटवल जेसीजको ४५ औं शाखा अधिवेशनमा सन् २०१९ का लागि अध्यक्ष पदको उम्मेदवार म राजेन्द्र बहादुर जी.सी.लाई सहयोग गर्नुहुने सम्पूर्ण जेसीज सदस्यहरू, बुटवल जेसीजका निधि पूर्व अध्यक्षज्यूहरू तथा सम्पूर्ण शुभचिन्तकहरूमा आभार व्यक्त्त गर्दछु ।
​​सन् २०१० मा नेतृत्व र व्यक्तित्व विकासको साझा मझेरी तथा प्रयोगशाला बुटवल जेसीजमा प्रवेश गरेको म विभिन्न कालखण्डमा अनेकौं चुनौतीहरूका बाबजुत पनि महत्वपूर्ण जिम्मेवारीहरू सम्हाल्दै धेरै भन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षणहरू लिन पाउनु मेरो जीवनको अत्यन्त महत्वपूर्ण उपलब्धि हो । कुनै पनि संस्थामा आफ्नो जीवनका स्वर्णिम समयहरूलाई व्यतित गरिरहँदा नेतृत्व वहन गर्न अगाडि सर्नुपर्ने स्वभाविक प्रक्रिया ठानी सन् २०१७ मा अध्यक्ष पदको उम्मेदवारी दिएँ । तर, त्यस वर्ष उप–विजेतामा सीमित रहनु प¥यो । प्रजातान्त्रिक परिपाटीलाई अनुसरण गर्न जेसीजले सिकाएको मलाई अभियानमा अविचलित राख्यो । जेसीजप्रति रहेको मेरो लगाव र लगानीले मलाई सन् २०१८ का लागि पनि नेतृत्व लिनुपर्ने सोचको विकास गरायो र प्रतिस्पर्धामा अगाडि सरे तर सहमति र सहकार्यलाई आफ्नो संस्कार ठानेर त्याग गरेँ । बुटवल जेसीजका जल्दा– बल्दा, उदाउँदा एवं अति महत्वाकांक्षी नेताहरूको आग्रहमा सन् २०१९ का लागि सर्वसहमतिमा मलाई नेतृत्व दिने भद्र सहमति पूर्व अध्यक्ष एवं जेसीजका केही जिम्मेवार सदस्यका बीचमा भयो । उहाँहरूकै रोहवरमा मैदानबाट बाहिरिए भने यस वर्ष ठूलो अपेक्षाका साथ उम्मेदवारी दर्ता गरेँ । बुटवल जेसीज सन् २०१९ का लागि मेरो उम्मेदवारी रहिरहँदा एक वर्ष अगाडि भएको भद्र सहमतिलाई कार्यान्वयन गर्ने कुराको उल्लङ्घन भयो । धेरै पूर्व अध्यक्षज्यूहरूले पनि मेरो त्याग र क्षमताको विश्वास गर्नुभयो । सहानुभूति देखाउँदै र सम्मान गर्दै आगामी नेतृत्व सर्व–सहमतिबाट चयन गर्नुपर्ने र पुरानो सहमति कार्यान्वयन गर्नुपर्ने अग्रजहरूको सल्लाहलाई वेवास्ता गरियो । रणनैतिक ढंगबाट अनेकौ बाहाना बाजी गरी सबै कुराहरूलाई गैरजिम्मेवार ढंगबाट लत्याइयो भने सहमति जुटाउने प्रयासको क्रममा पूर्व अध्यक्षज्यूहरू र जसमा पनि एक जना जिम्मेवार पूर्व अध्यक्षलाई अभद्र व्यवहार गरियो । उहाँप्रति भएको अपमानजनक व्यवहारमा मेरो नियमापत्ति रहेको छ भने उक्त अवस्था सिर्जना हुनुमा म धेरै दुःखी एवं मर्माहत छु । जुन कारणको हिस्सेदार यदि म पनि छु भने सम्पूर्ण पूर्व अध्यक्षज्यूहरूसँग क्षमायाचना गर्न चाहान्छु । विधिको शासनका कुरा गर्नेले नै विधि मिच्ने काम भयो ।
​अधिवेशनका गतिविधि र निर्वाचन प्रक्रियाका सन्दर्भमा निर्वाचन आयुक्त महाशय र अध्यक्षको व्यवहारमा मलाई ठूलो आशंका छ भने यहाँहरूमाथि धेरै प्रश्न चिन्हहरू खडा भएका छन् । सहमति र सहकार्यलाई अनुसरण गर्ने जेसीजका अन्य पदका उम्मेदवारहरूको ककस निर्वाचनमा जानुनपर्ने ढंगबाट सकिएपछि हतार–हतार अध्यक्ष पदको ककस सञ्चालन गरी हामीलाई सहमति गर्ने समय किन प्रदान गरिएन? निर्वाचन प्रक्रिया अगाडि बढिरहँदा मैले एकदुई जना पूर्वअध्यक्षको उपस्थितिमा म मेरो उम्मेदवारी फिर्ता लिन्छु भन्दा त्यो वातावरणको सिर्जना किन गरिएन? मलाई जवरजस्त किन निर्वाचनमा होमियो? १८ देखि ४० वर्षका युवाहरू आवद्ध हुनुपर्ने जेसीजमा, २०४५ सालमा एस.एल.सी उत्तीर्ण गरेका व्यक्ति कसरी जेसीज सदस्य एवं मतदाता भए? गैर राजनीतिक संस्थाको अधिवेशन उद्घाटनको सत्रमा कुनै एक राजनीतिक दलका युवा नेताले दिएको शुभकामना मन्तव्य जेसीजको मूल्य मान्यताभित्र थियो कि थिएन? रेकर्ड हेर्नुहोला । बुटवल जेसीजमा वर्षभरि अनुहार नदेखिने सदस्यहरूको मताधिकार कसरी भयो? अध्यक्ष पदमा निर्वाचित व्यक्ति अध्यक्ष पदको लागि बुटवल जेसीजको विधान अनुसार मापदण्ड पुरा गरेको छ की छैन? बुटवल जेसीजका निधि पूर्व अध्यक्षहरूलाई जेसीज सदस्यहरूबाट अभद्र व्यवहार हुँदा बुटवल जेसीजका अध्यक्ष रमिता हेर्नु भयो किन? अन्य पदका उम्मेदवारहरूलाई मिलाउने क्रममा राजनैतिक आस्थाका आधारमा किन जवरजस्त उम्मेदवारी फिर्ता गर्न लगाइयो । झुट नागरिकता पेश गरेर ४० वर्ष भन्दा माथीका व्यक्तिलाई किन जेसीजको सदस्य बनाइयो? बुटवल जेसीजको अध्यक्ष हुनका लागि राजर्नतिक आस्था नै परिवर्तन गर्नुपर्ने दबाब किन आए? बुटवल जेसीजको मेसेन्जरमा प्रमुख प्रतिपक्षी दलसँग सम्बन्धित राजनैतिक गतिविधिलाई प्राथमिकतामा राखिन्छ किन? बुटवल जेसीजको सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी पाएको बोर्ड अफ ट्रष्ट्रिजले अध्यक्ष माथी केही जिज्ञासा उठाउँदा बोर्ड अफ ट्रष्ट्रिज नै खारेज गर्छु भन्नु जायज हो? कुनै पनि सदस्यले आफ्ना असन्तुष्टिहरू राख्दा, बोर्ड बैठकबाट निर्णय गराई सदस्यता खारेज गरिदिन्छु भन्नु कस्तो दादागिरी हो? पूर्व अध्यक्षहरूसँग सम्बन्ध राख्दा मलाई धम्की आउने यो कस्तो परिपाटी हो? निर्वाचन आयुक्त महाशय, २०७५ साल मंसिर १४ गते मेरो लागि इतिहासको कालो दिन हो भने मैले उब्जाएका प्रश्नका जवाफ यदि विधि अनुसार भएको हो भनेर दिने प्रयास गर्नु भयो भने बन्दुकको नालबाट सत्ता कब्जा हुन्छ भन्ने प्रशिक्षणबाट आउनु भएको तपाइ प्रजातान्त्रिक प्रणालीको बनावटी खोल ओडेर विधिको शासनको वकालत गर्ने नैतिक धरातल गुमाइसक्नु भएको छ । मेरा यी अभिव्यक्त्तिहरूले यहाँको गरिमामा आँच आउने अवस्था छ भने क्षमा माग्दै यहाँका आसे–पासेहरूको उपस्थितिमा कुनै सार्वजनिक स्थानमा बहस चलाउनु होला म एक्लै घण्टौ छलफल गर्न तयार छु ।
​अन्तमा, बुटवल जेसीजमा म माथि गरिएका अन्यायका विषयमा भण्डाफोर गर्न मलाई संकोच छैन । मेरा अभिव्यक्तिको उद्देश्य पवित्र संस्था बुटवल जेसीज, पूर्वअध्यक्षहरू र निष्पक्ष सदस्यहरूको गरिमामा कुनै पनि आँच पु¥याउने होइन तर त्यस भित्र रहेका केही व्यक्तिहरूको दम्भ महत्वकांक्षा आडम्बरीपन, दादागिरी र निच व्यवहारको म घोर विरोधी हु भने पवित्र संस्था भित्र भित्रयाइएका विकृतिहरू र अनियमिततालाई पर्याप्त प्रमाणहरूका साथ ओकल्दै जानेछु । धन्यवाद

राजेन्द्र बहादुर जी.सी.
सदस्य, बुटवल जेसीज
९८५७०३०३२४

SHARE