२५ किलोग्राम चरेश सहित चारजना पक्राउ

16

बुटवल, मंसिर १६
बुटवल प्रहरीले २५ किलोग्राम चरेश सहित चारजनालाई पक्राउ गरेको छ । लागु औषधको अवैध कारोवार गरि रहेको सुचनाको आधारमा खोजिका लागि गएको प्रहरी टोलिले गए राती १० बजे उनिहरुलाई पक्राउ गरेको हो ।
प्रदेश ५ प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बुटवलको ईट्टाभट्टीबाट २५ किलो चरेश बरामद गरेको प्रहरीले जनाएको छ ।
जांजरकोट खलंगा गाउंपालिका वडा नं. ९ का ४४ वर्षका तिलक पुनबाट ६ किलोग्रँम, जांजरकोटकै वारीकोट गाउंपालिका १ का २८ वर्षका टोपेन्द्र बोहराबाट ६ किलोग्राम, नल्गा गाउंपालिका वडा नं. २ का २८ वर्षका प्रेम विकबाट ७ किलोग्राम र बुटवल ११ का ४० वर्षका दिपेन्द्र घर्तिबाट ६ किलोग्राम गरी २५ किलोग्रँम चरेश बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनिहरुले आधा आधा किलोग्रामका लाप्सा बनाई बांढेर झोलामा राखेको अवस्थामा बरामद गरिएको बताएको छ । पक्राउ परेकाहरुलाई अदालत बाट म्याद थप गरी आवश्यक अनुसन्धान पश्चात कानुनी कारवाहीका लागि पठाईने छ ।
यस अघि पनि बुटवल प्रहरीले बुटवलको नयागांउ बाट ३७ किलो चरेस बरामद गरेको थियो ।

SHARE