रुपन्देही उद्योग संघद्धारा स्थापना दिवसमा फलफुल बितरण

232

बुटवल मंसिर १४ ।
रुपन्देही उद्योग संघले आफ्नो स्थापना दिवसको अवसर पारेर अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।
संघको ४१ औ स्थापना दिवस तथा औद्यँेगिक दिवसको अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका बिरामीहरुलाई फलफुल बितरण गरेको हो ।
संघले मुटु अस्पतालमा रहेका ६० जना बिरामीहरुलाई फलफुल बितरण गरेको संघका निवर्तमान अध्यक्ष दिनेश राज रेग्मीले जानकारी दिए ।
हरेक बर्षको मंसिर १५ गते लाई आफ्नो स्थापना दिवस तथा औद्योगिक दिवसको रुपमा मनाउदै आएको उद्योग संघले उक्त अवसरमा उत्कृष्ठ औद्यँेगीक पत्रकारीता पुरस्कार,उत्कृष्ठ उद्यँेगी सम्मान, मजदुरका छोराछोरीहरुलाई छात्रबृती बितरण,अस्पतालका बिरामीहरुलाई फलफुल बितरण तथा बृद्धआश्रम तथा अनाथ आश्रममा आश्रितहरुलाई सहयोग बितरण गर्दै आएको छ ।

SHARE