चक्कु प्रहार गरी भागेका एक पक्राउ

45

दाङ, मंसिर १३ । दाङको घोराहीमा व्यवसायी नर बहादुर घर्तीलाई चक्कु प्रहार गरि हत्या गरेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
परेका व्यक्ति समेत घाइते अवस्थामा फेला परेको दांगका प्प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताए ।
हार्डवेयर ब्यवसायी घर्तीको हत्यामा सम्लग्नको खोजी गर्ने क्रममा एक जना ब्यक्ती घाईते अवस्थामा फेला परेको छ, अनुसन्धानको काम भोलि विहानदेखि सुरु हुन्छ’ एसपी पाण्डेले भने ।
प्रहरीले पक्राउ परेका व्यक्तिको नाम र ठेगाना भने खोल्न चाहेन ।उ पनि घाइते अवस्थामा फेला परेको हुँदा हत्यामा उस्को कुनैपनि प्रकारको संलग्नता छ कि भन्ने हो तैपनि बाँकी कुरा अनुसन्धान पछि मात्रै पुष्टि होला ,’ एसपी पाण्डेले भने ।

घोराही उपमहानगरपालिका वडा नं. १३ लामिडाँडाको दुधेसोतामा बिहीवार बेलुका ८ बजेतिर घर्ती मगर गम्भीर घाइते अवस्थामा फेला परेका थिए । उनलाई तत्तकालै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।
रोल्पा जिल्लाका स्थायी बासिन्दा घर्ती मगर पछिल्लो समय घोराही बसपार्कको पुल नजिकै माडी हार्डवयर पसल संचालन गर्दै आएका थिए ।

SHARE