सडेका रुख नकाटदा प्रर्दशनी स्थलमा जोखिम

199

बुटवल मंसिर १४ । बुटवल १० रामनगरस्थित बुटवल मण्डपमा रहेका सुकेका रुखहरुका कारण दुर्घटनाको जोखिम बढाएको छ ।
हरेक वर्ष औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना हुने बुटवल मण्डपमा सुकेका रुखहरु समेत नहटाउंदा त्यहां जाने दर्शकहरुलाई दुर्घटनाको जोखिम बढाएको हो ।
यसवर्ष पनि आगामी पुष ५ गतेदेखि रुपन्देही व्यापार संघ व्यापार मेला संचालन गर्ने तयारी गर्दैछ ।
मेला स्थलमा स्टल, स्टेज, सचिवालय, प्रवेशद्धार लगायतका संरचना निर्माण गरिरहेपनि वन कार्यालय र मेला आयोजकले समेत सुकेर धरापमा रहेका रुखहरु हटाउने तर्फ ध्यान पु¥याएका छैनन् ।
प्रदर्शनी तथा मेलाको लागि भौतिक संरचना निर्माण भईरहेका क्षेत्रमा मात्रै १७ वटा रुख सुकेर ढल्ने अवस्थामा पुगेका छन् ।
मानिसहरुको भिडभाड र हावा हुरी लाग्दा समेत ढल्ने अवस्थामा रहेका रुखहरु नहटाउने हो भने दैनिक हज्जारौं दर्शकले अवलोकन गर्ने मेलामा दुर्घटना निम्तिन सक्ने खतरा समेत बढेको छ ।
सबैभन्दा बढी सर्वसाधारणको जमघट हुने सचिवालय, रेष्टुरेन्ट र कार्यक्रम गर्ने स्टेज आसपासमा सबैभन्दा बढी जोखिम अवस्थामा रहेका रुखहरु छन ।

SHARE