तोकिएको समयमा काम नगर्ने कम्पनीलाई कालो सुचिमा राखिने

304

दॉग मंसिर १२ /मुख्यमन्त्री शंकर पोखरेलले निर्माणाधिन पुल तथा सडक निश्चित समयसीमामा पूरा गर्ने प्रतिबद्धतासहित काम नगर्ने ठेकेदार कम्पनीलाई ठेक्का तोडेर कालोसूचीका लागि सिफारिश गर्न निर्देशन दिनुभएको छ ।
लामो समयदेखि सुस्त काम भइरहेका घोराही—तुलसीपुर खण्डका आधादर्जन पुलको स्थलगत निरीक्षणपछि डिभिजन सडक कार्यालय दाङका अधिकारीहरुलाई सुस्त निर्माणको कामलाई गति दिन सक्रिय हुन निर्देशन दिनुभयो ।
मुख्यमन्त्री पोखरेलसहितको निरीक्षणमा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनशयाम पाण्डे, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, सडक कार्यालयका इन्जिनियर लिलाबहादुर भण्डारी र पत्रकारको टोली सहभागी थियो । बबई खोला, सिस्नेखोला, कटुवाखोला, गुज्रेखोला, पत्रेखोला, संक्राम खोला, ग्वारखोला लगाएतका ठाउँमा निर्माणाधिन अबस्थाका पुल र घोराही तथा तुलसीपुर बजारमा विस्तार भैरहेको सडकको अबस्थाका बारेमा जानकारी लिदै मुख्यमन्त्रीले सुस्त निर्माणले लक्षित उपलब्धी हासिल गर्न नसक्ने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले अबको तीन महिना भित्र घोराही र तुलसीपुर बजारका बिस्तारित सडकहरु निर्माण गरिसक्ने गरी काममा निगरानी बढाउन निर्देशन दिनुभयो । उहाले पेटी ठेकेदार मार्फत काम नगर्न र टुक्रे योजनामा फरक फरक ठेक्का लगाउने काम रोक्न सडक कार्यालयलाई निर्देशन दिनुभएको छ । उहाले जसरी भए पनि गुणस्तरीय काम हुनुपर्ने र आगामी वर्षायाम अगावै पुल तथा सडक सञ्चालनमा ल्याउन सडक कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

SHARE