मेला सुरक्षाका लागि सुरक्षा बैठक बस्दै, समिति विस्तार

48

बुटवल, मंसिर, ४–रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो २०७५ लाई कसरी व्यवस्थित तथा राम्रो बनाउन सकिन्छ भनेर विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति तथा संस्थाहरुसंग सामुहिक छलफल गर्ने निर्णय संघले गरेको छ ।
मेला सचिवालयको सम्पन्न बैठकले सुझाव र सल्लाहाका लागि विहीवार संघसंस्था समन्वय संजालको बैठक बस्ने मेला मुल आयोजक समितिका सदस्य सचिव प्रकास ढकालले बताउनु भयो । सोही दिन सुरक्षा समन्वय समितिको पनि बैठक बस्ने कार्यक्रम रहेको छ । मेला अवधिभर आम दर्शक उपभोक्ता एवं स्टल सहभागीहरुको सुरक्षा व्यवस्थालाई कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने बारेमा जिल्लामा रहेका सुरक्षा निकायहरुसंग छलफल गर्न लागिएको कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिनु भयो ।
यसैवीच मेला तयारीका क्रममा मेला सम्पन्न गर्न गठन गरिएका उपसमितिहरुको बैठक बस्ने र कामको बाडफाँड गरि कामलाई छिटो छरितो बनाउन विभिन्न समितिहरु विस्तार गर्ने कार्य जारी रहेको संघले जनाएको छ । यसै क्रममा सरसफाई तथा फोहोर व्यवस्थापन उपसमति, परिचयपत्र वितरण तथा व्यवस्थापन उपसमति, उद्घाटन तथा समापन व्यवस्थापन उपसमति र परिचयपत्र (स्टल) उपसमति विस्तार गरिएको छ ।
सचिवालयले दिएको जानकारी अनुसार लक्ष्मण ज्ञवालीको संयोजकत्वमा ग७ित सरसफाई तथा फोहोर व्यवस्थापन उपसमतिको सहसंयोजकमा विष्णु पौडेल तथा सदस्यहरुमा दामोदर पाण्डे, गोविन्द चापागाई, विनोद आचार्य, रामप्रसाद पोखरेल, पदम नेपाल, धनप्रसाद श्रेष्ठ र टुल्क थापा रहनु भएको छ । केशवप्रसाद खनालको संयोजकत्वमा गठित परिचयपत्र वितरण तथा व्यवस्थापन उपसमतिको सहसंयोजकमा बालकृष्ण बस्याल तथा सदस्यहरुमा इश्वर गुरुङ्ग, खमानसिंह सारु, गिता भण्डारी खनाल रहनु भएको छ ।
गठित उद्घाटन तथा समापन व्यवस्थापन उपसमतिको संयोजकमा मनिमदिन मियाँ, सहसंयोजकमा मणि खनाल तथा सदस्यहरुमा माधव ज्ञवाली, लोकनाथ पाण्डे, शोभा जोशी रहनु भएको छ । यसैगरि परिचयपत्र (स्६ल) उपसमतिको संयोजकमा किशोरकुमार सुनार, सहसंयोजकमा हरि गहतराज, चुणामणि गहतराज, खिमबहादुर वि.क., ठङकरबहादुर वि.क., सदिस वि.क. रहनु भएको छ ।

SHARE