पुष ५ बाट लुम्विनी एक्स्पो हुने

113

बुटवल कार्तिक २८
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने नाराका साथ बुटवलमा लुम्बिनी एक्स्पो २०७५ हुने भएको छ ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवल मण्डपमा पुस ५ गतेदेखि १८ गतेसम्म चल्ने मेलाको तयार सुरु भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
संघका अध्यक्ष पदम श्रेष्ठले कृषिको व्यवसायीकरण, आधुनिकरण तथा स्थानीय घरेलु उत्पादनलाई बजारिकरणमा मेलाले सहयोग पुग्ने बताए ।
मेलामा सूचना तथा संचार, शैक्षिक, सेवा मूलक, वैकल्पिक उर्जा, स्वदेशी उत्पादनका व्यवसायहरु सञ्चालन हुने उनले जानकारी दिए ।
८ लाख बढि दर्शकको सहभागिता तथा करिब ५० करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले जानाकारी दिए ।
मेला अवधिमा मनोरञ्जनका लागि विविध सांस्कृतिक कार्यक्रम अन्तरगत लोक दोहोरी प्रतियोगिता, डान्स आइडियल, लोकनृत्य, विद्यालय स्तरीय नृत्य लगायत समावेश गरिने बताए ।
मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, मोवाइल, सूचना प्रविधि, टेक्सटाइल्स, गार्मेन्ट्स तथा फुटवेयर, फर्निचर तथा फर्निसिङ्गका सामाग्री, निर्माण सामाग्री, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था र होटल तथा रेष्टुरेण्टका करिब ६ सय स्टलको सहभागिता रहने अनुमान गरिएको छ ।

SHARE